August 17, 2017

मनपरी शुल्क नलिन संयुक्त विद्यार्थी संगठनको ध्यानाकर्षण

काठमाण्डौ, २५ चैत्र । संयुक्त विद्यार्थी संगठनले नयाँ सत्र सुरु हुन लाग्दा विभिन्न विद्यालयले मनपरी भर्ना शुल्क लिएको बिषयमा ध्यानाकर्षण गराएको छ ।

शुक्रबार काठमाण्डौमा बसेको बैठकले विद्यालयले मनपरी भर्ना शुल्क लिएको समाचार सार्वजनिक भएको भन्दै संगठनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै विद्यालय परिसरमा नै शैक्षिक सामग्रीका साथै पोशाक किन्नुपर्ने केही विद्यालयको मनोमानी भएको भन्दै यसलाई अनुगमन गर्न टोली गठन गर्ने निर्णय पनि गरेको छ । बैठकले मुलुकका सबै स्थानमा शैक्षिक सत्र सुरु हुनुभन्दा पहिलै नै पाठ्य पुस्तक पुराउन पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

बैठकले अवैधानिक तवरले खुलेका विद्यालयको छानविन गर्दै कानूनी कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।