August 19, 2017

मध्यपुर थिमिको मेयरमा एमालेका मदन सुन्दर विजयी

भक्तपुर ८ जेठ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेकपा एमालेका मदन सुन्दर श्रेष्ठले विजयी भएका छन् । श्रेष्ठले १४ हजार ३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अष्ट कबेंले १० हजार ८ सय ४६ मत ल्याएका छन् । नवनिर्वाचित मेयर श्रेष्ठले ३ हजार १ सय ५७ मतको अन्तरले जीत आफनो पोल्टामा पारेका हुन् ।
मध्यपुर थिमी नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसले जितेको छ । काँग्रेसकी अन्जना मधीकर्मीले १० हजार ६ सय ६५ मत प्राप्त गरी विजयी भएकी हुन् । उहाँले प्रतिद्वन्द्वी नेपाल मजदुर किसाना पार्टीका केदार खड्काले ८ हजार १ सय २३ मत ल्याएर पराजित भएका छन् । मध्यपुर थिमीका ९ वटा वडामा मिश्रित परिणाम आएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ९ वडा मध्यै ६ मा काँग्रेस, १ वडामा एमाले, १ वडामा नेमकिपा र १ वडामा स्वतन्त्रले जितेका छन् ।