August 17, 2017

मधेसी मोर्चा र एमालेलाई मान्य हुने संशोधन प्रस्ताव सदनमा दर्ता गर्ने प्रधानमन्त्रीको भनाई

काठमाण्डौ २६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस मोर्चा तथा एमालेलाई मान्य हुने गरी संविधान संशोधनको नयाँ प्रस्ताव सदनमा दर्ता गर्ने बताएका छन ।

रिपोटर्स क्लब नेपालको १९ औँ वार्षिकोत्सवमा काठमाण्डौमा  प्रधानमन्त्री दाहालले नयाँ प्रस्तावले मधेस, पहाड र हिमाल सबै एकै पटक स्थानीय तहको निर्वाचनमा खुशीसाथ जाने वातावरण बन्ने विश्वास व्यक्त गरे ।

स्थानीय तहको निर्वाचनले संविधानलाई गतिशील बनाउनका लागि आवश्यक पर्ने अन्य दुई निर्वाचन एकै पटक मङ्सिरमा बन्ने आधार तयार गर्ने बताउँदै प्रधामन्त्रीले स्थानीय सरकार बनेपछि विकासको गति अगाडि बढ्ने बताए ।

कार्यक्रममा  नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सरकारले निर्वाचनमा सबैलाई समेट्न नचाहेको आरोप लगाउदै दल दर्ता र मतदाता नामावलीमा नाम दर्ताको थप समय नदिएर सरकारले सबै दललाई चुनावमा समेट्न नचाहेको आरोप लगाए ।

त्यस्तै नेपालका लागि भारतीय राजदूत मन्जीपसिंह पुरीले आर्थिक विकास र समृद्धिको बाटोमा नेपाल अगाडि बढेको उल्लेख गर्दै आगामी दिनमा यसले गति लिने विश्वास व्यक्त गरे ।