October 24, 2017

मधेसी मोर्चा देशलाई विखण्डन गर्न चाहान्छ : भीम रावल

श्री पाण्डे / काठमाण्डौ ६ बैशाख । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले मधेसी मोर्चाले अधिकारको आन्दोलनका नाममा देशलाई विखण्डन तर्फ धकेल्न खोजेको आरोप लगाएका छन ।
हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै रावलले सरकार र मधेसी मोर्चाले फरक फरक कुरा गरेर समस्या जटिल बनाउने र दोष नेकपा एमालेको टाउकोमा थुपार्ने गरेको बताए ।
मधेसी मोर्चाका कारण सिके राउत जस्ता बिखण्डनकारी व्यक्ति खुलेआम घुमिरहेको बताउदै रावलले मधेसी मोर्चाले सरकारसंग के के माग राखेको हो एमालेलाई बताउनुस भन्दा प्रधानमन्त्री मौन बस्नुले शंका जन्माएको बताए ।

रावलले तराई मधेशका शक्ति हु भन्ने पार्टीले स्थानिय निर्वाचनमा जितेर आउन चुनौति दिए । रावलले भने – ‘उनीहरुको साथमा जनता छन भने मत प्रमाणित गरुन हामी फुलमाला लगाएर उनीहरुलाई स्वागत गर्न तयार छौं ।’  (भिडियो सहित)