October 20, 2017

मधेसी मोर्चा अझै बार्गेनिङमै रहेको सहरी विकास मन्त्रीको भनाई

काठमाण्डौ ३० चैत्र । सहरी विकासमन्त्री अर्जुनरसिंह केसीले सरकारले ल्याएको नयाँ संशोधन विद्येयकलाई सिधै अस्वीकार गरेर मधेशी मोर्चाले चुनावको लागि बार्गेनिङ् गर्न खोजेको आरोप लगाएका छन ।
बुधबार काठमाडौमा आयोजित साक्षात्कारमा मन्त्री केसीले मधेशी मोर्चासँगको सहमतिमै सरकारले नयाँ संशोधन विद्येयक ल्याएको जिकिर गरे ।
मन्त्री केसीले सकेसम्म सबै पक्षलाई निर्वाचनमा सँगै लिएर जानको लागि सरकारले प्रयास गरेको उल्लेख गरे ।
साक्षात्कारमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले ल्याएको संशोधन विद्येयक अस्वीकार गर्ने मोर्चाको निर्णयलाई निहँु खोज्ने प्रवृत्तिको संज्ञा दिए ।
उनले प्रस्तावमा सहमत भए दुई चरणमा पनि चुनाव गर्न सकिनेबारे सरकारले छलफल अघि बढाईरहेको समेत जानकारी दिए ।
मधेशी मोर्चाका नेता अनिल झाले नयाँ संशोधन विद्येयकले मोर्चाका मागहरु सम्बोधन नगर्ने भएकोले मोर्चाले प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको बताए ।
झाले मोर्चाले निर्वाचनको विरोधमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको जनाउँदै त्यसपछि आन्दोलनका थप कार्यक्रमहरु समेत सार्वजनिक गरेर जाने निर्णय भएको बताए ।