August 17, 2017

मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउँछु –निधि

काठमाण्डौ, १४ चैत्र । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेसी मोर्चासंँग सहमति गरेर उनीहरुलाइ पनि निर्वाचनमा सहभागी गराउने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले विराटनगर विमानास्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री निधिले सरकार मधेसी मोर्चाका माग तत्काल पूरा गरी सहमतिको वातावरण बनाउन तत्पर रहेको बताएका छन् ।

निधिले सिमांकनको विषय अहिले नै टुंगो लगाउनु पर्ने वा अधिकार सम्पन्न संघीय आयोग बनाएर केन्द्र र प्रदेशको चुनाव अगाडी टुंगो लगाउने विषयमा कुरा भइरहेको जानकारी दिए । उनले निर्वाचनका लागि पूर्वाञ्चलको सुरक्षा अवस्थाका बारेमा समेत जानकारी लिए ।