August 21, 2017

मधेसी मोर्चाद्वारा सांसद सत्यनारायण मण्डलको राजिनामा माग

दिनेश शर्मा/ राजविराज, २९ चैत्र । सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले एमाले सांसद सत्यनारायण मण्डलको राजिनामा माग गरेका छन् ।

एमाले साँसद यादवले संसद भवनमा आफनै छोरी बुहारीको बेइज्जती हुनेगरी बाेलेकाे र मैथिली सभ्यताको अपहेलना गरेकाेले राजिनामा माग गरेकाे बताएका छन ।

मंगलवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले  मैथिली सभ्यतामा दुस्मनकै भए पनि महिलाहरुको इज्जत गर्ने परम्परा रहेको बताउँदै उनले मोर्चाले कल्पनै गर्न नसक्ने आरोप लगाएर मण्डलले झुट बोलेको बताए ।

मोर्चाका कार्यकर्ताले केहि नगरे पनि मण्डलले संसद भवन भित्र आफनै श्रीमती र वुहारीको वस्त्र उतारेको भन्दै उनले आरोप लगाए अनुसार घटनाको यथार्थ छानविन गर्न पनि सरकारसँग माग गरे ।

नेकपा एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले सोमवारै प्रेस विज्ञप्ति जारी गरेर मधेशी मोर्चाका कार्यकर्ताले एमाले नेताका घर पसेर परिवारका सदस्यहरुमाथी गरेको दुर्व्यहार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका थिए ।

सप्तकोशी गाउँपालिकास्थित मण्डलको घरमा पसी घरमा बसीरहेकी २१ वर्षिय अस्मिता मण्डल लगायतका परिवारका सदस्यलाई मोर्चाका कार्यकर्ताले गाली गलौज गरेको विज्ञप्तिमा उल्लेख छ ।