August 17, 2017

मधेसी मोर्चाद्वारा आज पनि संसद बहिष्कार

काठमाण्डौ, ८ चैत्र । मधेस केन्द्रित दलका सांसदहरुले व्यवस्थापिका संसदको मंगलबारको बैठक पनि बहिष्कार गरेका छन् ।

बैठक सुरु हुनासाथ सांसद धर्मेन्द्रकुमार साह तेलीले मधेस केन्द्रित दलले उठाउँदै आएका माग सम्बोधन गर्ने तर्फ पहल नभएको आरोप लगाए ।उनले सामाजिक सद्भाव कायम गर्ने भन्दा पनि भड्काउनेतर्फ प्रमुख दल क्रियाशील रहेको बताए ।

मधेसवादी दलले उठाउँदै आएको संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन र सहमति तथा सहकार्यको वातावरण बनाउन सरकारलाई आग्रह पनि गरे ।उनकोे सो आग्रह लगत्तै मधेस केन्द्रित दलका सांसदहरुले नाराबाजी गर्दै बैठक बहिष्कार गरेका थिए ।

बैठक बहिष्कार गर्नेमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायतका दलसँग आबद्ध सांसदहरु रहेका छन् ।