August 19, 2017

मधेसी मोर्चाको बन्द आव्हानका बीच सप्तरीमा सभा गर्दै एमाले

काठमाण्डौं २३ फाल्गुन । नेकपा एमालेले मेचीमहाकाली अभियानअन्तर्गत आज सप्तरीमा आमसभा गर्दैछ ।

काँकाटभिट्टा, बिराटनगर, सुनसरी हुदै सप्तरी आइपुगेका टोलीले आज राजबिराजको औद्योगिक क्षेत्रमा आमसभा गर्न लागेको पार्टी सचिव एवम प्रचार बिभाग प्रमुख योगेश भट्टराइले जानकारी दिए ।

सभालाइ अध्यक्ष् केपी ओली लगायत पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन । कार्यक्रमको विरोधमा मोर्चाका कार्यकर्ता बिहानैबाट प्रदर्शनमा उत्रिएका छन । मोर्चा आवद्ध दलका कार्यकर्ताले राजविराज, भारदह लगायत क्षेत्रमा यातायात बन्दको आह्वान गरेका छन् ।

 मोर्चाका स्थानीय नेताले लाठी जुलुस तथा गाउँ गाउँबाट मोर्चाबन्दी गर्दै बिरोध गर्ने योजना बनाएका छन । कार्यक्रमका दौरान कुनै अप्रिय घटना भए त्यसको जिम्मा स्वयं एमालेले लिनु पर्ने मधेशी मोर्चाका नेता एवम तमलोपाका महामन्त्री बृजेशकुमार गुप्ताले बताए । प्रहरीले कुनै अप्रिय घटना नहोस भनेर बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।