June 27, 2017

मधेसी मोर्चाका माग पूरा गर्नु पर्छ – कमल थापा

काठमाण्डौ, २० फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेसी मोर्चाका जायज माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ ।
धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका बिषयमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय चुनावको स्वागत गर्दै मधेसी मोर्चाका जायज माग पूरा गर्न सरकारलाई बैठकले आग्रह गरेको हो ।

बैठकले चुनावलाई सम्पन्न गर्नका लागि सहयोग गर्ने निर्णय गरेको अध्यक्ष कमल थापाले बताए । बैठकले संसदमा टेवल भएको संसोधन विद्ययेकलाई यथास्थितमा राख्दै सहमति खोज्नुपर्नेमा समेत जोड दिएको छ ।

बैठकले ‘गाई’ चुनाव चिह्न कायम गर्न सर्वसम्मत निर्णय गरेको छ । बैठकले मुलुकलाई सनातन धर्म कायम गर्न आगामी चैत ८ देखि १२ गतेसम्म ‘राष्ट्रिय एकता यात्रा’ अभियानका रुपमा देशभर पुर्‍याउने निर्णय गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

उक्त अभियानमा आधुनिक नेपालको एकीकरणका लागि सुरुवात गरिएको स्थान गोर्खा, झापा, कञ्चनपुर र काठमाडौँबाट स्वयंसेवक परिचालन गरी देशभर घरदैलो कार्यक्रम तथा आर्थिक विकासका बारेमा अन्तक्रियासमेत गरिने राप्रपाले जनाएको छ । बैठकले पार्टीका विभिन्न रिक्त पदाधिकारी नियुक्त गरेको छ ।