मधेसी मोर्चाका चार घटकद्वारा सरकारलाइ दिएको समर्थन फिर्ता लिएको औपचारिक घोषणा

 

काठमाण्डौ ३ फाल्गुन । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)सहित मधेसी मोर्चाका चार घटकले सभामुखको सचिवायलमा पत्र दर्ता गरी सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक घोषणा गरेका छन् ।

आज तमलोपा, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)ले सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा गरेका हुन् । उनीहरुले सभामुखको सचिवालयमा समर्थन फिर्ता लिएको पत्र दर्ता गराएका छन ।

यी चार दलका २० जना सांसद छन् । यसअघि हिजो उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सभामुखलाई समर्थन फिर्ताको पत्र बुझाएको थियो । फोरमको १५ जना सांसद छन् । मोर्चाको तर्फबाट समर्थन फिर्ता लिने दलका सांसद संख्या ३५ पुगेको छ ।