October 20, 2017

मधेसी माेर्चालाई फकाउने जिम्मा काँग्रेसले लिने

काठमाण्डौ २८ फाल्गुन । सत्तासाझेदार दल नेपाली काँग्रेसले मधेशी मोर्चाको सहकार्य टुट्न नदिन पहल गर्ने भएको छ ।
मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन एक साताको समय दिएपछि काग्रेसले मोर्चाको मागलाई गम्भीरता पूर्वक लिदै समिकरण टुट्न नदिने निर्णय गरेको हो ।

काग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको काग्रेस वर्तमान तथा पूर्व पदाधिकारीको बैठकले मोर्चाको मागका बिषयमा अन्य दलहरुसंग पनि गम्भीर भएर लाग्ने काग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

त्यस्तै बैठकले संसदमा रहेको संबिधान संसोधन माथि परेका संसोधनलाई पनि गम्भीर भएर छलफल गर्दे पारित गराउन जोड दिने निर्णय गरेको छ ।

बैठकले स्थानिय तहको निर्वाचनका बिषयमा पनि छलफल गर्दे तोकिएको समयमा नै निर्वाचन सुनिश्चीतामा जोड दिएको नेता लेखकले जानकारी दिए। पार्टीको आन्तरिक तथा समसामायिक बिषयमा  छलफल गर्न अागामी चैत्र १ गते पुन बैठक बस्ने लेखकले बताए ।