August 17, 2017

मधेसी, जनजाती तथा थारु लगायतलाई समेटेर मात्र निर्वाचन गरिनुपर्ने डा. भट्टराईको भनाई

सुशिल ढुङ्गाना / धनगढी १३ चैत्र । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले असन्तुष्ट मधेसी, जनजाती तथा थारु लगायतलाई समेटेर मात्र निर्वाचन गरिनुपर्ने बताएका छन्।

हिमाल,पहाड, तराई/मधेस राष्ट्रिय अभियान अन्तर्गत आईतवार धनगढीमा आयोजित सभामा डा. भट्टराइले परिवर्तनको एक महत्वपूर्ण हिस्सालाई वाइपास गरेर कुनै पनि निर्वाचन गरिन नहुने बताउदै सबैलाई समेटदै स्थानीय तह, प्रदेश र संसद सहित तीन तहको निर्वाचन एकै पटक गर्न सरकारलाई सुझाव दिएका छन । यसरी तीन वटै निर्वाचन एकै पटक गरेमा समयको वचत पनि हुने खर्च पनि जोगिने डा. भट्टराइको तर्क छ ।

सरकारले बजेट रकमान्तर गरेर चुनावका लागी कार्यकर्तालाई अन्धधुन्ध पैसा बाँड्न थालेको उनले आरोप लगाए । गोविन्द गौतमलाई गोली हानेको घटनामा अन्तराष्ट्रिय प्रचलन अनुसार भारतले माफी माग्नु पर्ने र पीडित परिवारलाई क्षतीपुर्ती दिनुपर्ने डा. भट्टराइले बताए।

भारतलाई माफी मगाउन नसक्नु सरकारको कमजोरी भएको डा. भट्टराइले बताए ।

विभिन्न साना राजनीतिक दलहरुले हालै सरकारले कायम गरेको थ्रेस होल्ड व्यवस्थाको विरोध गरिरहेका बेला भट्टराईले भने उक्त व्यवस्थाको स्वागत योग्य भएके बताए । थ्रेस होल्ड व्यवस्थाले देशमा राजनीति स्थिरता कायम गर्नेसक्ने डा. भट्टराइले तर्क गरे ।

सविधान सँशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानसके मात्र देशले छोटो अवधीमै अर्थिक फडको मार्ने उनको भनाई थियो । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टीले देशभरी नै सहभागिता जनाउने डा. भट्टराइले बताए ।