August 24, 2017

मधेसीका माग सम्बोधन नहुदासम्म कुनै पनि चुनाव नहुने उपेन्द्र यादवको दावी

रौतहट ५ चैत । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसीका मुद्धा सम्बोधन नहुदासम्म स्थानिय निर्वाचन हुन नसक्ने बताएका छन ।

रौतहटमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले अहिलेको आवश्यकता निर्वाचन भन्दा पनि संविधान संशोधन गरी मधेसी लगायत विभिन्न सिमांकृत समुदायका मुद्धालाई संबोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको महसुस गराउनु हो भने ।

यादवले भने – ‘स्थानीय निर्वाचनका नाउँमा सरकार फेरी मधेसमा दमन र शोषण गर्न चाहान्छ ।