October 23, 2017

मधेसमा चुनाव हुन नदिने उपेन्द्र यादवको चेतावनी

वीरगन्ज  २६ वैशाख । ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिएको संघीय समाजवादी फोरम नेपालले मधेसमा भने चुनाव हुन नदिने दाबि गरेको छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमार्फत मधेसका माग पुरा नभएसम्म मधेसमा चुनाव हुन नदिने चेतावनी बताएका छन् ।

वीरगन्जमा फोरम नेपालका शीर्ष नेताहरुको उपस्थितिमा सोमबार आयोजित एक दिने गोष्ठीलाई सम्बोधन गर्दै यादवले संविधान संशोधन नभए दोस्रो चरणमा हुने भनिएको चुनावमा फोरम नेपालले भाग नलिने र चुनाव पनि हुन नदिने दाबि गरे । मधेसको माग सम्बोधन नभएसम्म आफुहरुको आन्दोलन जारी नै रहने उनको भनाइ छ ।

उनले भने,‘ जबसम्म संविधान संशोधन हुँदैन तबसम्म मधेसमा चुनाव हुन दिन्नौं। यदि मधेसमा चुनाव भएन भने अहिले पहाडमा भएका चुनावको पनि कुनै अर्थ रहँदैन।’ यो खबर अन्नपूर्ण पोस्टमा छ ।