October 19, 2017

मधेसका मसिहा ठान्नेहरुका कारण देश बर्वादी तर्फ गइरहेको छ–ओली

काठमाण्डौ, २५ चैत्र । एमाले अध्यक्ष केपी ओलीले आफूलाई मधेसका मसिहा ठान्नेहरुका कारण देश बर्वादी तर्फ गइरहेको आरोप लगाएका छन् ।

एमालेको राष्ट्रिय जनसांकृतिक संघको स्थापना दिवसका अवसरमा आज  काठमाडौमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मधेसवादी दलहरुले मधेस बनाउने नभई देशलाई नै बर्वाद गर्ने काम गरिरहेको बताएका छन् ।

उनले एमाले गणतन्त्र, धर्म निरपेक्षता मान्ने भएपछि सबै दल तर्सिएर एमालेको खेदो खन्ने गरेको आरोप समेत लगाए ।

देशमा बुद्धिजीवीहरुको संख्या ठुलो भएपनि उनीहरुले कसले ठीक र कसले बेठिक गरेको हो भनेर छुट्याउन नसकेको आरोप लगाउदै ओलीले भने ‘देशमा भीमकाय बुद्धिजीवीहरु छन् देश केही दल र व्यक्तिका कारण बर्वाादीतर्फ गइरहेको छ, तर त्यो भ्रम चिर्न बुद्धिजीवीहरुको होस पुगेको छैन ।’

कार्यक्रमलाई सम्बोधनका क्रममा अधिकांश समय मधेसी मोर्चा आबद्ध दलहरुलाई समय खर्चेका अध्यक्ष ओलीले आफुले मधेसीलाई बिहार जाउ भनेर भनेको भन्दै केही नेताले गोहीका आँशु चुहाएको बताए ।