October 17, 2017

मधेश बिनाको काठमाडौंको कल्पना सम्म पनि गर्न सकिन्न : प्रधानमन्त्री पुष्पकमल दाहाल

माघ ३ काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस बिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताउनु भएको छ ।

दुवईमा प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहाड र मधेशका नाममा ध्रुवीकरण बढन नहुने धारणा राख्नुभयो । उहा“ले हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु आफनो पहिलो दायित्व भएको बताउनुभयो । सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि भएको भन्दै उहाँले कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो नहुने धारणा राख्नुभयो । मधेसका लागि काठमाडौं र काठमाडौंका लागि मधेस दुवै अभिन्न रुपमा जोडिएको उहाले बताउनुभयो ।

उहाँले सरकारको ध्यान अब आर्थिक समृद्धिमा केन्द्रीत रहेको जानकारी दिनुभयो । नेपालमा पनि लगानीको वातावरण बनाउन सरकार प्रयत्नशील रहेको भन्दै उहाँले मार्च २ र ३ मा काठमाडौंमा लगानी सम्मेलन गर्ने जानकारी दिनुभयो ।