October 22, 2017

मधेशी मोर्चाले निर्वाचन विथोल्छौं भन्दैमा विथोलिदैन–पौडेल

उद्धव घिमिरे

विराटनगर, १६ चैत्र । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशी मोर्चा निर्वाचनमा सहभागी नभए पनि तोकिएको समयमा निर्वाचन हुने बताएका छन् ।

विराटनगर विमानास्थलमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले जनता सबै आफ्ना उम्मेद्वारलाई जिताउन आतुर भएर अगाडी आइसकेकोले अब मधेशी मोर्चाले निर्वाचन विथोल्छौं भन्दैमा नविथोलिने दाबी गरेका छन् ।

मुलुकले समाधान र निकास खोजेकोले त्यसमा बाधा पुर्‍याउने र अड्काउने काम कसैले गर्न नहुने बताएका छन् ।  मधेशी जनताको आकांक्षा र चाहानालाई सम्बोधन गर्न आफुहरु सदैव तयार रहेको स्पष्ट पारेका छन् ।

नेता पौडेलले चर्को चर्को कुरा गरेर मधेशी नेताले जनताको भावना र चाहानालाई अवहेलना गर्न नहुने र मुलुक र जनताले चाहेको निर्वाचन गर्न अप्ठ्यारो पार्न नुहने बताए ।

उनले संघियता, गणतन्त्र, समावेशीता, लोकतन्त्रजस्ता महत्वपूर्ण उपलब्धिहरु गुमाउनु नहुने भन्दै संविधानको कार्यान्वयनका लागि हुन गइरहेको निर्वाचन विथोल्छु भनेर उपलब्धि गुमाउने कार्य गर्नु नहुने बताए ।

जनताले विखण्डन नचाहेकोले कुनै नेता र अरुले चाहँदैमा नेपाललाई विखण्डन गर्न नसक्ने ठोकुवा गरेका छन् ।