October 24, 2017

मधेशी मोर्चाका माग सम्बोधन नभएसम्म निर्वाचनमा नजाने उपेन्द्र यादवको जोड

काठमाण्डौ, १० वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी मोर्चाले राखेका माग सम्बोधन नहुँदासम्म निर्वाचनमा सहभागी नहुने दोहोर्‍याएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले आज विराटनगरमा आयोजना गरेको विरोध सभामा अध्यक्ष यादवले मोर्चाले अघि सारेका सीमांकन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण, भाषा, नागरिकता सम्बन्धी मागहरु संविधान संशोधन मार्फत पूरा नभएसम्म निर्वाचनमा सहभागी नहुने बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु लोकतन्त्रमा विश्वास गर्ने भएकोले चुनावको विरोधी नभएको स्पष्ट पारे । उनले संविधान संशोधन गरेर चुनावको वातावरण बनाउन सरकारलाई सुझाव पनि दिए ।