October 20, 2017

मधेशी दलहरुबीच एकता हुनुपर्नेमा सद्भावना पार्टीका अध्यक्षकाे जोड

काठमाण्डौ, ५ वैशाख । नेपाल सद्भावना पार्टीले एक धार भएको मधेशी दलहरुबीचको एकतामा जोड दिएको छ ।

आईतबारबाट सुरु भएको पार्टीको महासमिति बैठकको अन्तिम दिन मंगलबार मधेशी जनताको मागलाई पूरा गर्नका लागि पनि एकधार भएका मधेशवादी दलहरु एक हुनुपर्ने आवाज उठेको हो ।

विभिन्न मधेश आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकै कारण पनि अबको मोर्चा एक हुनुपर्ने बैठकको ठहर रहेको पार्टीका अध्यक्ष अनिल कुमार झाले बताए । उनले मधेश आन्दोलन कार्यक्रमलाई केन्द्रसम्म पुराएर भए पनि मधेशी जनताको माग पूरा गरेरै छाड्ने जानकारी दिए ।

अध्यक्ष झाले मधेश आन्दोलनलाई राष्ट्रिय स्वरुपमा नलगेसम्म उपलब्धि हासिल नहुने पनि बताए ।