July 26, 2017

मदिराजन्य वस्तुको होडिङ बोर्ड हटाउने अभियान शुरु

२५ माघ, काठमाण्डौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मदिराजन्य वस्तुको होडिङ बोर्ड हटाउने अभियान शुरु गरेको छ ।

अभियानमा पहिलो चरणमा काठमाडौंको गोंगबु क्षेत्रमा रहेका पसलका होडिङ बोर्ड हटाइएको हो । अभियानको चरणमा प्रशासन कार्यालयले महानगरपालिका र प्रहरीको सहायताले होडिङ बोर्ड हटाउदै अब त्यस्ता होर्डिङ बोर्ड नराख्न पसल सञ्चालकलाई सचेत गराइएकाे छ ।

निर्देशन पालना नगर्ने पसल होटल र मदिराजन्य वस्तु उत्पादन गर्ने कारखानालाई कारवाही गर्ने प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै काठमाडौ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीद्वय प्रेम लुइटेल तथा गंगा बहादुर क्षेत्री सहितको टोलीले गोंगबुका डान्सबार, दोहोरी, क्याविन रेष्टुरेण्ट लगायतमा आकस्मिक अनुगमन गरेको छ ।

अनुगमनका क्रममा धेरै स्थलमा बालिका श्रमिकको प्रयोग गरिएको, कपडा फेर्ने गोप्य कोठाको व्यवस्था नगरिएको, न्युनतम मापदण्ड बमोजिम तलब नदिइएको तथा परिचय पत्र आदिको व्यवस्था नभएको पाइएका छन् ।