August 17, 2017

मतदानमा ढिलाई भएपछि ट्रम्पलाई झट्का

काठमाण्डौ, ११ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदमा प्रस्ताव गरेको स्वास्थ सेवासम्बन्धि विधेयकमा मतदान गर्ने पूर्व निर्धारित योजना ढिलो भएको छ ।

ट्रम्पकै रिपब्लिकन पार्टिका दुई दर्जन सांसदहरुले उक्त विधेयक परिमार्जन नगरे विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसले भने शुक्रबार मतदान हुुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएको छ ।

यो भन्दा अघिका राष्ट्रपति बराक ओबामाले ल्याएको स्वास्थ सेवामा पहुँच उपलब्ध गराउने एउटा कानुनलाई प्रतिस्थापन गर्न उक्त विधेयक संसदमा प्रस्तुत गरिएको थियो ।