October 23, 2017

मतदाता शिक्षाका लागि ३५ करोड खर्च

काठमाण्डौ,१८ चैत्र । स्थानीय तहको र्निवाचनका लागि करिब ३५ करोड रुपैयाँ खर्च हुने भएको छ ।

निर्वाचन आयोगले आगामी ३१ वैशाखमा हुन लागेको र्निवाचनमा मतदान गर्ने मात्र नभई उम्मेदवार कसरी बन्ने भन्नेबारे समेत शिक्षा दिने भएको छ । मतदाता शिक्षाका लागि सम्पूृर्ण सञ्चारमाध्यम र स्वयंसेवक प्रयोग गर्नुपर्ने भएकाले ३५ करोड रुपैयाँ खर्च हुने भएको हो ।

नयाँ संविधान र संरचना अनुसार दलित,महिला र सिमान्तकृतलगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नु आवश्क रहेको निर्वाचन आयोगले जनाएको छ । यसका लागि मतदाता शिक्षा आवश्यक रहेको आयोगका सहसचिव नवराज ढकालले जानकारी दिए ।

मतदाता शिक्षाका लागि देशभरका तीनसय ५४ जना प्रशिक्षकलाई तालिम दिइएको छ । उनले भने ती प्रशिक्षकले प्रत्येक मतदान केन्द्रमा एक जनाका दरले खट्ने स्वयंसेवकहरुलाई जिल्लामै तालिम दिने तयारी छ । यो खबर आजको सौर्य दैनिकमा छ ।