October 19, 2017

मतदाता परिचयपत्र छाप्न सुरु

काठमाण्डौ,२२ चैत्र । आगामी वैैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता परिचयपत्र छाप्न सुरु गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले सोमबार साँझ आयोग परिसरमै व्यवस्था गरिएको मतदाता परिचयपत्रको छपाइको शुभारम्भ गरे । आयोगले आइतबार स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीको टुंगो लगाएपछि नामावलि छाप्न सुरु गरिएको छ ।

परिचयपत्र छाप्ने जिम्मेवारी पाएको नेपाल निजी कम्पी ओम्नीले आवश्यक उपकरण आयोग परिसरमा जडान गरेर छपाइको काम सुरु गरेको हो । मतपत्र तयार गर्न ६ सय जनाले एकसाथ काम पाएका छन् । यो खबर आजको हिमालय टाइम्स दैनिकमा छ ।