November 17, 2017

मतदाता नामावली संकलनको समय बढाउन माग

काठमाण्डौ ३१ असार । नेपाली कांग्रेसका नेताहरुले मतदाताको नामावली संकलनको समयावधि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी काग्रेसका नेताहरुले प्रदेश र केन्द्रीय संघको निर्वाचनका सम्बन्धमा छुटेका मतदाताको नामावली संकलनको समयावधि १५ दिनबाट बढाएर १ महिना तोक्नका लागि प्रधानमन्त्री शेर वहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् । त्यस्तै उनीहरुले स्थानीय गाउपालिका र नगरपालिकाको केन्द्रबाट नामावली संकलन गर्न सक्ने व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । विदेशमा रहेका नेपालीले निर्वाचनमा सहभागी हुन सक्ने गरी त्यहा स्थित नेपाली दुतावासबाट मतदाता नामावली संकलनको व्यवस्था मिलाउन पनि आग्रह गरिएको काग्रेस नेता बालकृष्ण खाडँले जानकारी दिए ।
नेताहरुको भेटमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसंग परामर्श गरी सबै नेपाली मतदाताले मतदान गर्ने वातावरण मिलाउने प्रतिवद्धता जनाएका छन । यसअघि उनीहरुले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीलाई भेटी नामावली संकलनको समयावधि बढाउन आग्रह गरेका थिए ।