मतदाता नामावलीमा तपाईको नाम छ की छैन यसरी हेर्नुहोस

काठमाण्डौ, ४ चैत्र । निर्वाचन आयोगले अघिल्ला निर्वाचनहरु देखि सुरुगरेको फोटो सहितको मतदाता नामावली संकलन निर्वाचनको घोषणा भए सँगै बन्द गरेको छ ।

आयोगले निर्वाचनका बेला गाउँ गाउँ बाट फोटो सहितको नामावली संकलन गरेको थियो । त्यसपछि पनि जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा आयोगले निरन्तर मतदाता नामावली संकलन गरिरहेको थियो ।

सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेकोले समयमै मतदाता नामावलीमा नाम भएको नभएको बारेमा स्पष्ट हुनु राम्रो हुन्छ ।

तपाईले मतदाता नामावलीमा आफ्नो नाम भएको वा जानकारि पाउन सबैभन्दा पहिले जिल्ला छनौट गर्नुहोस । जिल्ला लेखेको टाउँमा क्रसर लगेपछि ७५ जिल्लाको नाम आफै देखिन्छ, त्यसमा आफ्नो जिल्ला छान्नुपर्छ ।

त्यसपछि साविकको गाविस वा नगरपालिकाको नाम देखिन्छ । त्यहाँ पनि आफ्नो जिल्लाको गाविसहरुको नाम दिएको छ । आफ्नो गाविस वा नगरपालिका छनौट गर्नुहोस् ।

अन्त्यमा वडा छान्ने ठाउँ छ । त्यहाँ आफ्नो वडा छान्नुहोस । र सबमिटमा  क्लीक गर्नुहोस् ।

त्यसपछि नेपाली बर्णमालाक्रम अनुसार नाम राखेको छ । आफ्नो नाम कुन अक्षरबाट आउँछ त्यही अक्षरमा क्लिक गरेर हेर्नुहोस ।

यदि त्यहाँ तपाईको नाम भेटियो भने तपाईको सम्पूर्ण जानकारी पनि त्यहाँ राखिएको छ । आफ्नो जन्म मिति उल्लेख गरेमा सम्पूर्ण जानकारी समेत लिन सकिन्छ ।

                                             नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्