मणिपालले मानेन घाइतेको उपचार गर्न

काठमाण्डौ,१० वैशाख । पोखराको मणिपाल शिक्षण अस्पतालले मुस्ताङको कागबेनीमा भएको दुर्घटनाका गम्भीर घाइतेलाई उपचार गर्न अस्वीकार गरी फर्काइदिएको छ ।

कागबेनीमा भएको दुर्घटनालगत्तै हेलिकप्टरबाट शनिबार दिउँसो पोखरा ल्याइएका घाइतेलाई मणिपालले आपतकालीन उपचार दिन अस्वीकार गरेपछि पोखराकै अन्य अस्पताल लैजानुपरेको थियो । कागबेनीमा बस दुर्घटनामा परेर गम्भीर घाइते भएका १५ जनालाई सेनाको हेलिकप्टरबाट मणिपाल अस्पताल ल्याइएको थियो ।

हामी उपचार गर्न सक्दैनौं भनेर घाइतेलाई लिनै मानेन् वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिए । डाक्टरहरू आन्दोलनमा छन् । भनेर त्यहाँका सिनियर व्यक्ति नै आएर भन्नुभयो ।

त्यसको केही समयमा एयरपोर्टलगायत ठाउँका एम्बुलेन्स बोलाएर घाइतेलाई पोखराकै अरू अस्पतालमा लगिएको जानकारी उनले दिए ।

यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।