October 23, 2017

मकवानपुरमा बेवारिसे अवस्थामा हतियार फेला

काठमाण्डौ, ३ चैत्र । मकवानपुरको गढी गाउँपालिका वडा नम्बर ३ स्थित जंगलमा शंकास्पद रुपमा हातहतियार फेला परेको छ ।

स्थानीय निकायको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष गस्ती टोलीले एउटा बोरामा थ्रि नट थ्री राईफल एक थान र ६८ राउण्ड गोली बरामत गरेको हाे ।

उक्त हतियार र गोली कसले राखेको हो भन्ने बारेमा आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।