“भ्रष्टाचार” विरुद्ध विवेकशील नेपाली दलको जन-जागरण अभियान

काठमाण्डौ २१ फाल्गुन । विवेकशील नेपाली दलले  “घुस्याहालाई घुस्याहा भन्न सक नेपाली” भन्ने मुल नारा सहित आज बसन्तपुर दरबार परिसर मा भ्रष्टाचार विरुद्ध जन-जागरण अभियान आयोजना गरेको छ  l

कार्यक्रममा विभिन्न नारा लेखिएको प्याम्फ्लेट तथा ब्यानर सहित सामाजिक जनचेतनामुलक सन्देशयुक्त प्लेकार्ड प्रदर्शनी गरिएको थियो  ।

विवेकशील नेपाली दलले गत माघ महिना देखि भ्रष्टाचार विरुद्ध जनचेतनामूलक कार्यक्रमके आयोजना गर्दै आएको छ । विवेकशील नेपाली दलले सहरका विभिन्न सपिंग सेन्टरहरु, क्याफे तथा सडकबाट संदेश मुलक नारा सहित जन-जागरण अभियान थालनी गरेको हो । विवेकशील नेपाली दलले विगत ४ वर्ष देखि नै भ्रस्टाचार बिरोधी अभियानमा थालेको छ।