October 20, 2017

भ्रम फिजाउदै हिड्नेहरु एमालेको लोकप्रियता देखी अत्तालिए–ओली

बाँके, १ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले एमालेले दङ्गा गरायो भनेर भ्रम फिजाउदै हिड्नेहरु एमालेको लोकप्रियता देखी अत्तालिएको बताएका छन् ।

मेची महाकाली अभियान अन्तर्गत नेपालगञ्जमा अायाेजित सभामा अध्यक्ष अाेलीले भने-  ‘एमालेले याे अभियान २ महिना अघि घोषणा गरेको हाे । तसर्थ मधेसी दलहरुले यसमा कुनै विराेध गर्नु जरुरी छैन।’

ओलीले मधेवादी दलले जातीयता, धर्ममा नाममा दाजु भाइ लडाउने काम गरेकाे  आरोप लगाए । यसै गरी पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव कुमार नेपालले अव आउने बैशाख ३१ को निर्वाचनमा नेकपा एमाले पहिलो स्थानमा हुने दावी गरे । नेता नेपालले एमालले आफ्ना विचार जनता सामु राख्नका लागि अभियान थालेकाे बताए ।

लोकतान्त्रिक देशमा अलोकतान्त्रिक कार्य गर्नेलाई राम्रै जवाफ दिइने नेता नेपालले बताए । एमाले उपाध्यक्ष वामदेव गौतम, लालबाबु पण्डित लगायतले सभालाइ सम्बोधन गरेका थिए । कार्यक्रम पूर्व पाटी अध्यक्ष झलनाथ खनाल ईश्वर पोखरेल लगायत अन्य वरिष्ठ नेताहरुको सभागीता रहेको थियो ।