August 19, 2017

भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस नेपालमा पनि मनाइदै

 

काठमाण्डौं, ३ फाल्गुन । फेब्रुअरी फोर्टिन अर्थात भ्यालेन्टाईन्स डे विभिन्न कार्यक्रमका साथ नेपालमा पनि मनाइदैछ ।
रोमन साम्राज्यमा युवाहरु प्रेम र विवाह तिर लागे सैनिक सेवा प्रभावित हुने भन्दै प्रतिबन्ध लगाईएका बेला त्यसको विरोधमा उत्रिएका पादरी सेन्ट भ्यालेन्टाईनको सम्झनामा यो दिन मनाउने गरिन्छ ।
उनले युवायुवतीको जोडी तयार गरी सार्वजनिक स्थलमा सामुहिक विवाह कार्यक्रम गरेपछि कानुन उल्लघंन गरेको आरोपमा ईसा पुर्व २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिईएको थियो ।
प्रेमका लागी प्राण आहुती गरेका सेन्ट भ्यालेन्टाईनको सम्झनामा हरेक फेब्रुअरी १४ मा भ्यालेन्टाईन्स डे मनाउन थालिएको हो ।
प्रणय दिवसको अवसरमा प्रेमजोडीहरु उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ ।
विषेश गरी युवा युवतीले चाडकै रुपमा मनाउने प्रणय दिवस केही वर्षयता नेपालमा पनि विशेष रुपमा मनाउने गरिएको छ ।
काठमाडौ लगायतका देशका बिभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
रातो गुलाबलाई प्रेमको प्रतिकका रुपमा आज प्रेमी प्रेमिकाले एक अर्कालाई उपहार दिने गर्दछन ।