October 17, 2017

भ्यालेन्टाइनमा क्लोजअपकाे स्पेशल लभ फेस्ट

काठमाण्डौं, २८ माघ । युवाहरुको भावनालाई मध्यनजर गर्दै क्लोजअपले भ्यालेन्टाइन डेको अवसरमा लाइभ पर्फमेन्स गर्ने भएको छ ।
युवा जोडीहरुलाई केन्द्रित गर्दै क्लोजअपले फेब्रुअरी ११ तारिखमा सिभिल मलमा प्रतियोगिता तथा खेल आयोजना गर्न लागेको आज विज्ञप्ति जारी गरी जनाएको हो ।

लाइभ ब्याण्ड, डिजे जोन, डान्स पफर्मेन्स र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै कलाकारहरुले लाइभ पर्फमेन्स पनि दिने जनाइएको छ ।

यस्तै क्लोज अप लभ फेस्टले ट्यारो कार्ड रिडिङ्ग, फनकपल गेम्स्, लभ एक्स्प्रेसन, लभ लाउन्ज र मुभी मुमेन्ट्स जस्ता कार्यक्रम पनि राखेको छ ।