August 19, 2017

भूमध्य सागरमा २ सयबढी प्रवासी डुबेको आशंका

काठमाण्डौ, ११ चैत्र । भूमध्य सागरको लीबियाको तटमा करिब २ सय ४० प्रवासी डुबेको शंका गरिएको छ ।

स्पेनको प्रोएक्टिवा ओपन आर्म्स नाम गरेको एक सहायता दलले यो जानकारी दिएको हो । दुईवटा डुङ्गामा सवार भएर यूरोपतर्फ जाँदै गर्दा डुङ्गा दुर्घटना भएको थियो ।

प्रोएक्टिवा सहायता दलका अनुसार, उनीहरुले अहिलेसम्म जम्मा ५ युवाको शव निकालेको बताए । इटली कोस्ट गार्डले पनि ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

गत बर्ष विभिन्न समयमा प्रवासीहरु चढेका डुङ्गा डुब्दा ५ हजार बढी प्रवासीकोे मृत्यु भएको थियो । ती डुङ्गाहरु प्रवासीहरुलाई युराेप पुर्याउन प्रयोग हुने गर्छन् ।