August 16, 2017

भूकम्प प्रभावित १७ जिल्लामा आजबाट अनुदान वितरण हुँदै

काठमाण्डौ,२१ चैत्र । राष्ट्रिय पुर्नर्निमाण प्राधिकरणले भूकम्प प्रभावित थप १७ जिल्लामा अनुदान वितरण गर्ने भएको छ ।

लाभग्राही सूचिमा समावेश भएकालाइ निजि अवास पुर्नर्निमाणका लागि अनुदान बापतको पहिलो किस्ता वितरण सुरु गरिएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले आज कास्कीको लुम्लेबाट अनुदान वितरण शुरु गर्नेछन ।

भूकम्पपीडितले ३ लाख अनुदानमध्ये पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ पाउनेछन् । प्राधिकरणले यसअघि पहिलो चरणमा तथ्याङ्क संकलन भइसकेका १५ हजार ७ सय ४३ लाभग्राहीलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ वितरण गर्न स्वीकृति दिसकेको छ । अब बस्ने कार्यकारी समिति बैठकले बाँकी लाभग्राहीको सूचिलाई अनुमोदन गर्नेछ ।

प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लाका अनुदान सम्झौता भएका ९८ प्रतिशत लाभग्राहीलाई अनुदानको पहिलो किस्ता दिइसकेको छ भने पक्रिया पूरा गरेका लाभग्राहीले दोस्रो र तेस्रो किस्तासमेत लिइरहेका छन् । यो खबर आजको अभियान दैनिकमा छ ।