August 19, 2017

भूकम्प प्रभावित जिल्लाका जनताको जिवनस्तरलाई अघि बढाउने कार्य गर्नु पर्छ–गोविन्द पोखरेल

काठमाण्डौ, १८ चैत्र । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक गोविन्द पोखरेलले भूकम्प प्रभावित जिल्लाका जनताको जिवनस्तरलाई अघि बढाउने कार्य गर्नु पर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा गोर्खा भूकम्प २०१५ नामक पुस्तक बिमोचन गर्दे कार्यकारी निर्देशक पोखरेलले यस्तो बताएका हुन् । उनले बिनासकारी भूकम्प गईसकेपछि प्रभावित क्षेत्रमा निकै समस्या देखिएको र यसले स्थानीय बसिन्दा पनि प्रभाबित भएको तर्क गरे ।

अहिलेको अवस्थामा पुननिर्माणका साथै जिविकोपार्जन गर्ने आधार पनि खडा हुनुपर्ने उनको भनाई छ । उनले अहिले प्राधिकरणले राष्ट्रिय महत्वको संरचनाहरुलाई पुननिर्माण गर्ने क्रममा रहेको धारणा पनि रखे ।

कार्यक्रममा बिनासकारी भूकम्प पश्चात पुननिर्माणका लागि भईरहेको कार्य समेटिएको वृतचित्र पनि सार्वजनिक गरिएको थियो ।