भूकम्प पीडितका लागि बंगलादेश सरकारले दिएको अनुदानको चामल बाँड्ने प्रक्रृया सुरु

पकंज शर्मा/ झापा, १३ चैत्र । भूकम्प पीडितका  लागि बंगलादेश सरकारले दिएको अनुदानको १ लाख क्वीन्टल चामल नेपाल खाद्य संस्थानले बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ ।

बंगलादेशले दोस्रो चरणमा गत असार १२ देखि साउन २२ सम्म चामल उपलब्ध गराएको थियो । खाद्य संस्थान अञ्चल कार्यालय मेचीका अनुसार बंगलादेशले २०७२ वैशाख १२ को भुकम्पपछि पीडितलाई लक्षित गरी पहिलो चरणमा वैशाख २५ देखि जेठ ३ सम्म १ लाख क्वीन्टल चामल पठाएको थियो । त्यो चामल पनि लामो समय गोदाममा थन्किएर सडेको थियो ।

१ लाखमध्ये २२ हजार क्वीन्टल मात्रै भुकम्प प्रभावित क्षेत्रमा वितरण गरी बाँकि ७८ हजार क्वीन्टल चामल पनि संस्थानले बिक्री गरेको थियो ।संस्थानले बाजुरा, कालिकोट, मुगु लगायतका जिल्लामा प्रति किलो ३० देखि ३१ रुपैयाँमा चामल बेच्ने नेपाल खाद्य जनाएको छ । संस्थानले खरिद विक्री ऐन अन्र्तगत चामल ढुवानीका लागि करिव आधा दर्जन कम्पनीलाई जिम्मा दिएको छ ।