October 18, 2017

भूकम्पपीडितका लागि ल्याइएको जस्ता बेच्ने तयारी

काठमाण्डौ, १० चैत्र  । सरकारले भूकम्पपछिको पुनर्निमाणको लागि आयात गरिएका जस्तापाता अब निजी संस्था एवं सर्वसाधारणलाई बेच्ने तयारी गरेकाे छ ।

विद्यालय,स्वास्थ चौकी र सार्वजनिक भवनको पुनर्निमाणका लागि आयातित जस्तापाता गोदाममै थन्किएपछि सर्वसाधारण र निजी संस्थालाई पनि दिने तयारी गरेको हो । अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखाका सहसचिव गणेशप्रसाद पाण्डेका अनुसार निजी व्यवसायीलाई बिक्री गर्न दिने अर्थले स्वीकृति दिइसकेको छ । भूकम्पले क्षति भएका विद्यालय, स्वास्थ चौकी र सार्वजनिक भवनमा प्रयोग गर्न २०७२ जेठ २२ मा बसेको मन्त्रीपरिषद् बैठकले जस्तापाता र त्रिपाल खरिद गर्ने र्निणय गरेको थियो ।

बैठकले जस्तापाता साल्ट ट्रेडिङ लिमिटेड र नेशनल ट्रेडिङ लिमिटेडबाट आयात गरि व्यवस्था मिलाउने र्निणय भएको हो । र्निणयअनुसार कर्पोरेसनले ३० करोड ११ लाख ६९ हजार ४८ रुपैयाँको ५० हजार बन्डल जस्तापात जिन्दल इन्डिया टेन्डर मार्फत आयात गरेको थियो ।

उत जस्तापाता ‘बिक्री नहुँदा गोदाम भाडा तथा बैंक ब्याज गरी करिब ६ करोड रुपैयाँभन्दा बढि नोक्सान भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।