November 18, 2017

भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने बताउनुभएको छ ।
काठमाडौ महानगरपालिकाले ‘१९अँै भूकम्प स्मृति दिवस’का अवसरमा काठमाडौंमा गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै मन्त्री निधिले पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि नै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको नेतृत्व फेरिएको बताउनुभयो ।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले २०७२ सालको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको भन्दै सबैले घर बनाउ“दा भवन निर्माण आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले विसं १९९० माघ २ गते महाभूकम्प गएको सम्झनामा केही वर्षयतादेखि भूकम्प स्मृति दिवस मनाउदै आएको छ ।।।