October 24, 2017

भुटानी शरणार्थी आफ्नै देश फर्कन पाउनु पर्छ : परराष्ट्रमन्त्री

काठमाण्डौं २१ फाल्गुन । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालमा बाँकी रहेका भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान दोहाेर्याएकाे बताएका छन ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४ औं उच्चस्तरीय सत्रमा भाग लिई शनिबार स्वदेश फर्केका मन्त्री महतले त्रिभुवन बिमानस्थलमा संचारकर्मीसंग कुरा गर्दे जेनेभामा राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटका तेस्रो मुलुकमा पुनस्थापित नहुँदासम्म राष्ट्रसङ्घीय निकायलाई मानवीय सहायता उपलब्ध गराउने दायित्वबाट नहट्न आग्रह गरेको बताए ।

परिषद् बैठकमा नेपालमा मानवअधिकारको अवस्था , संबिधान जारी भईसकेको अबस्थाका बिषयमा समेत जानकारी गराईएको उहाको भनाई छ । उनले जेनेभामा रहदा बिभिन्न बैठकमा सहभागी भएको भन्दै मानवअधिकारको बिषयमा नेपालले सम्झौता नगर्ने धारणा राखेको मन्त्री महतले बताए ।