August 20, 2017

भुकम्प पीडितका लागि ल्याइएका जस्तापातामा खिया लाग्दै

राम कुशवाहा/वीरगञ्ज २८ चैत्र । भुकम्प पीडितहरुलाई वितरण गर्नका लागि नेपाल सरकारले भारतबाट आयात गरेका करोडौं रुपया मुल्य बराबरका जस्तापाता वीरगञ्जमा दुई वर्ष देखी थन्काएका छन् ।

साल्ट ट्रेडिङ करपोरेसनले भारतबाट आयात गरेको २६ करोड मुल्य बराबरका जस्तापाता वीरगञ्ज स्थित नेपाल खाद्य संस्थानको खुल्ला चौरमा दुई वर्ष देखी भण्डारण गरेर राखिएका छन् । भुकम्प पिडितहरुलाई वितरण गर्नका लागि साल्ट ट्रेडिङले २०७२ साल साउन महिनामा भारतबाट वीरगञ्ज नाका हुदै पचाँस हजार बण्डल जस्तापाता आयात गरिएको थियो ।

ती सबै जस्तापाताहरु दुई वर्ष देखी खाद्य संस्थानको खुल्ला चौरमै राखिएको कारण खिया लागेर विग्रिदै गएका छन् । आपुर्ती मन्त्रालयको आपुर्ती तथा व्यपार विभागबाट कुनै निर्देशन नआएकोले भुकम्प प्रभावित जिल्लाहरुमा जस्तापाता पठाउन नसकिएको साल्ट ट्रेडिङ करपोरेशन वीरगञ्जका प्रमुख अमोज लामिछानेले बताए ।

सरकारकै निर्देशनमा जस्तापाता आयात गरिएको भन्दै उनले वीरगञ्जको साल्ट ट्रेडिङ करपोरेशन परिसरमा ठाउँ नभएका कारण जस्तापाताहरु खाद्य संस्थानको परिसरमा त्रिपालले छोपेर राख्नु परेको हो ।