भीम रावलले भने – ‘एमालेलाई मधेश विरोधी भन्नेहरुको मानसिक सन्तुलन ठिक छैन’

सुशील ढुंगाना
कैलाली, १ चैत्र । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले एमालेलाई मधेशी विरोधी भन्नेहरुको मानसिक सन्तुलन ठिक नभएको आरोप लगाएका छन् ।

एमालेले सुरु गरेको मेची–महाकाली अभियान अन्तर्गत बुधबार कैलालीमा हुने कार्यक्रमको तयारीको लागि सोमबार धनगढी पुगेका नेता रावलले मंगलबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।

साथै उनले संघियता र लोकतन्त्र मान्छु भन्नेले चुनाव विथोलेर लोकतन्त्र र संघीयता मान्छु भन्नु पाखण्डी कुरा भएको बताए ।

लोकतन्त्रवादी भन्नेले जनताको विचमा गएर मतदानमा भाग लिन तयार नहुनेहरु लोकन्त्रवादी हुन नसक्ने नेता रावलले बताए ।

नेकपा एमालेका उपाध्यक्ष तथा प्रदेश नम्बर ७ का संयोजक भिम रावलले अब पनि स्थानीयतहको निर्वाचन हुन्छ की हुन्न भनेर दुविधामा र भ्रममा नपर्न आग्रह गरेका छन् ।

साथै उनले सरकारले निर्वाचनको बारेमा संका उत्पन्न हुने कुनै काम कुरा गर्न नहुने बताउदै निर्धारित समयमा निर्वाचन गराउन नसके सरकारको औचित्य सकिने बताएक ।

मन्त्रीपरिषदले केही दिन पहिला झापा, मोरङ सुनसरी, कैलाली र कञ्चनपुरलाई विवादास्पद जिल्लामा राखेर संघिय आयोगबाट सिमाना टुङ्गो लगाउने भन्ने नियार्णय गरेर कैलाली कञ्चनपुरलाई टुक्राउन खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् ।