October 24, 2017

भावी प्रधानन्यायाधीश पराजुलीको एसएलसी प्रमाणपत्र भेटिएन

२०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह (आईएल) मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो ।

विद्यार्थीको नाम, ठेगाना, जन्ममिति र पिताको नामलगायत व्यक्तिगत विवरणको अभिलेख हुने रजिस्ट्ररमा उनीसहित अन्य चार जना विद्यार्थीको विवरण छोपिएको छ । नेपाल ल क्याम्पसमा उनका अन्य कागजात रहे पनि एसएलसी प्रमाणपत्रको अभिलेख नरहेको स्रोतले बतायो ।

‘उनको अभिलेखबाट एसएलसीको मार्कसिट र क्यारेक्टर सर्टिफिकेट हराएको छ । क्याम्पस प्रशासन स्रोतले भन्यो २०७३ पुस १ मा न्यायपरिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश सुशीला कार्कीले ‘न्यायाधीश पराजुलीको शैक्षिक योग्यताका प्रमाणपत्रहरू परिषद्को अभिलेखमा नरहेकाले एक साताभित्र मागेर राख्न तत्कालीन सचिव कृष्ण गिरीलाई आदेश दिन आदेशमा भनिएको थियो ।

न्यायाधीशहरूको एसएलसीदेखि सबै तहको शैक्षिक योग्यता तथा नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि अनिवार्य पेस गर्न लगाउनू भनिएको थियो । तर न्यायपरिषदकै वरिष्ठतम सदस्य रहेका पराजुलीको एलएलसीको प्रमाणित प्रतिलिपि न्यायपरिषदमा हालसम्म पनि पेस नगरिएको स्रोतले बतायो। यो खबर आजको कान्तिपुरमा छ ।