August 22, 2017

भारत र अष्ट्रेलियाबीचको पहिलो टेस्ट जारी

काठमाण्डौ, १३ फाल्गुन । भारत र अष्ट्रेलिया बीच जारी पहिलो टेस्टमा भारतले पहिलो पारीमा १० विकेटको क्षतीमा १ सय ५ रन मात्र बनाएको छ ।

अष्ट्रेलियाले पहिलो पारीमा २ सय ६० रन बनाएको थियो । २ सय ६१ रनको लक्ष्य पछ्याएको भारत १ सय ५ रनमै अलआउट भएको छ । अष्ट्रेलियाका स्पिनिर ओकेफेले सात विकेट लिएका छन् । भारतका ८ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । एकमात्र खेलाडी लोकेश राहुलले ६७ रनको पारी खेले ।

त्यस्तै स्टार्कले २, हेजेलउड र नाथान लायनले समान एक एक विकेट लिए । यो भारतले आफ्नै घरमा खेलेका खेलमध्ये दोस्रो कम योगफल हो । भारत अष्ट्रेलियासँग अझै १५५ रनले पछाडि परेको छ ।

दोस्रो दिनको खेल समाप्त हुँदासम्म अष्ट्रेलियाले दोस्रो इनिङ्समा ४ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको छ । कप्तान स्मिथ र मिचेल मार्स क्रिजमा नटआउट छन् ।