August 19, 2017

भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोली तेस्रो अभ्यास खेलमा पनि बिजयी, टोली आज स्वदेश फर्कदै

काठमाण्डौ २० फाल्गुन । भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आफ्नो तेस्रो अभ्यास खेलमा नोयडा ओन्डरसलाई ४० रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाउदै २ सय ४८ रन बनाएको थियो । नेपालका लागी सुनिल धमलाले सर्वाधिक ७४ रनको योगदान दिए भने विनोद भण्डारीले नटआउट ४१ रनको योगदान दिए ।

जवाफमा आएको नोयडा ओन्डरसले ४७ ओभर २ बलमा सबै विकेट गुमाउदा मात्र २ सय ८ रन बनाउन सक्यो । भारत भ्रमणमा रहेको नेपालले तीन अभ्यास खेल खेलेको थियो भने २ खेलमा जित हात पारेको थियो । विश्व क्रिकेट लिग अन्तर्गत केन्या विरुद्धको खेलको तयारीमा रहेको नेपाली टोली आज स्वदेश फर्कदैछ ।