August 21, 2017

भारत जितबाट मात्र एकदिन टाढा

काठमाण्डौ, १४ चैत्र । अष्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्टमा भारत जित नजिक पुगेको छ । अष्ट्रेलियाका ब्याट्सम्यानहरु चल्न नसक्दा भारतले दोस्रो इनिङमा मात्र १ सय ६ रनको लक्ष्य पाएको थियो ।

तेस्रो दिनको खेल सँकिदासम्म भारतले बिना विकेटको क्षतिमा १९ रन बनाएको छ । अब उसलाई जितका लागि केवल ८७ रन चाहिन्छ ।

अष्ट्रेलियालाई कम स्कोरमा समेट्ने क्रममा उमेश यादव, रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले समान ३–३ विकेट लिए । अर्का बलर भुवनेश्वर कुमारले १ विकेट लिए ।

अष्ट्रेलियाका ६ जना ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् भने ३ जना ब्याट्सम्यानले खाता पनि खोल्न सकेनन् । उसका लागि मध्यमक्रमका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले ४५ रनको प्रशंसायोग्य पारी खेले । सिरिजमा भारतको र अष्ट्रेलियाको समान १–१ अङ्कको अग्रता छ ।