October 22, 2017

भारतीय स्थल सेनाध्यक्ष विपीन रावतलाई तीन बुँदे ज्ञापनपत्र

काठमाण्डौ, १६ चैत्र । भारतीय स्थल सेनाध्यक्ष विपीन रावतलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले तीन बुँदे ज्ञापनपत्र बुझएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ‘हत्याराका सरदार’ भन्दै नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष विपीन रावतलाई भारतीय राजदूतावास मार्फत ज्ञापनपत्र बुझाएको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय राजदूतावास पुगेर उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपाल–भारत सम्बन्ध सौहार्दपूर्ण बनाउने भए सेनाध्यक्षले आफ्नो सरकारलाई सुगैली सन्धीमा गुमेको भूभाग नेपाललाई फिर्ता गर्नु पर्ने, कालापानीबाट भारतीय सेना तत्काल फिर्ता गर्नु पर्ने र भारतीय एसएसबिको गोलीलागेर मृत्यु भएका गोविन्द गौतम लगायत घाईते सबै नेपालीका परिवारलाई प्रति व्यक्ति कम्तीमा भारु ५० लाख क्षतिपूर्ति सँगै माफी माग्नु पर्ने उल्लेख गरीएको छ ।