August 21, 2017

भारतीय सेनाको टोली सगरमाथा आरोहण गर्दै

काठमाण्डौ, २१ चैत्र । नेपालस्थित भारतीय दूतावासले सगरमाथा आरोहण गर्ने भारतीय सेनाको टोलीलाई आज बिदाई गरेको छ ।

लैनचौरस्थित दूतावासको कार्यालयमा आज एक समारोहकाबीच कार्यवाहक राजदूत विनयकुमारले उनीहरुलाई बिदाई गरेका हुन् ।

‘सागरदेखि सगरमाथा’ सम्म भन्ने मूल नाराका साथ सेनाको टोली सगरमाथा आरोहणका लागि हिँडेको हो । २४ जनाको टोली जिरी हुँदै ४ अप्रिलमा सगरमाथा बेस क्याम्पमा पुग्ने छ ।

क्याप्टेन सन्जय कुलकर्णीको नेतृत्वमा जाने टोलीमा नौ–नौ जनाको समूह बनाइएको छ । ६ जना बेस क्याम्पमा नै रहने छन् । भारतले यसअघि सन् १९६५ र २००४ मा पनि सामूहिक आरोहण गरेको थियो ।