August 18, 2017

भारतीय सुरक्षाकर्मीले हत्या गरेका गौतमको आज अन्त्यष्टि

काठमाण्डौ २९ फाल्गुन । कञ्चनपुरको पुनर्वास नगरपालिका ८ आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागी निधन भएका स्थानीय गोविन्द गौतमको आज उच्च सम्मानकासाथ अन्त्येष्टि गरिदैछ ।

परिवारको सहमतिमा शनिवार पोष्टमार्टम भएपछि आज गौतमको अन्त्येष्टि गर्न लागिएको हो । उनको कञ्चनपुरको दोदा नदीमा ११ तोपको सलामीसहित अन्त्येष्टि गरिने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । सरकारले गौतमलाई शहीद घोषणा गरी उनका परिवारलाई दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ ।