July 26, 2017

भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा एक नेपालीको मृत्यु

काठमाण्डौ, २६ फाल्गुन । कल्भर्ट निर्माणका विषययमा कञ्चनपुरको नेपाल भारत सीमा क्षेत्र पुनर्वासमा प्रदर्शन गरिरहेका एक नेपालीको ज्यान गएको छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबी ले गोली चलाउँदा आनन्दबजार ६ का २० वर्षीय गोविन्द गौतमको मृत्यु भएको हो ।

कम्मरमा गोली लागेका गौतमको धनगढीस्थित सिपी अस्पतालमा उपचार क्रममा मृत्यु भएको अस्पतालका चिकित्सक चन्द्रप्रकाश पाण्डेले बताए ।

भारतीय पक्षले कल्भर्ट दशगजाभित्र पर्ने भन्दै नबनाउन भनेको थियो तर नेपाली पक्षले त्यस क्षेत्रमा रहेको जंगे पिलर हराएकाले कल्भर्ट दशजगाभित्र नपर्ने भन्दै निर्माण थालेको थियो ।

सोही विषयमा बिहीबार बिहानैदेखि नेपाली पक्षले एसएसबीको ज्यादतीविरुद्ध प्रदर्शन गर्ने क्रममा गौतमको ज्यान गएको थियो ।