August 17, 2017

भारतीय व्यापारी विजय माल्या लन्डनमा पक्राउ

काठमाण्डौ, ५ वैशाख । भारतीय व्यापारी तथा राजनेता विजय माल्यालाई लन्डनको स्कर्टल्यान्ड यार्ड पुलिसले पक्राउ गरेको छ ।

उनी विरुद्ध विभिन्न आर्थिक अपराध गरेको र करौडौंको रकम चलखेल गरेको आरोप लागेको छ । साथै विभिन्न बैंकमा गरी ९ हजार करोड भारतीय रकम कर्जा तिर्न बाँकि रहेको आरोप पनि उनी माथि छ ।

रिपोर्टका अनुसार उनलाई अाज नै अदालतमा प्रस्तुत गरिने छ । १३ महिना अघिदेखि फरार मलायालाई भारत सरकारकै आग्रहमा पक्राउ गरिएको रिपोर्टमा बताइएको छ ।